एउटै जिल्लामा २८९ जनामा एचआइभी संक्रमण प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार १४:२४ गुल्मी ३० फागुन / पछिल्लो समयमा गुल्मीमा २८९ जनामा एचआइभी संक्रमण भएको पाइएको छ। तीमध्ये सबैभन्दा बढी सत्यवती गाउँपालिकाका छन्। उक्त गाउँपालिकामा ५२ जनामा एचआइभीको संक्रमण देखिएको छ। यस्तै, रुरुक्षेत्र गाउँपालिकामा ३५, छत्रकोटमा २८, गुल्मीदरबारमा १६ जनामा एचआइभी संक्रमित रहेका छन्। इस्मामा १८, धुर्कोटमा २२, मालिकामा १५, मदानेमा १३, कालीगण्डकीमा चार, चन्द्रकोटमा २०, रेसुङ्गा नगरपालिकामा २८ र मुसिकोट नगरपालिकामा ३८ जना २८९ जना एचआइभी संक्रमित रहेको गैरसरकारी संस्था हाम्रो जीवन प्लस गुल्मीले जानकारी दिएको छ।