पूर्ण कुमार शेर्माको निधनमा कांग्रेसले तीन दिन झण्डा झुकाउने

काठमाडौं ३० फागुन / पूर्ण कुमार शेर्माको निधनमा कांग्रेसले तीन दिन झण्डा झुकाउने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वस्थानीय विकास मन्त्री पूर्ण कुमार शेर्माको निधनको शोक प्रस्ताव पारित गरेको हो।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको आकस्मिक बैठकले स्वर्गीय शेर्माको शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै उनको सम्मानमा आज (शुक्रबार) देखि आइतबारसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको समेत गरेको छ। त्यसैगरी, चैत २ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र निधन भएको १३ दिनमा केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ। पुर्ण कुमार पांचथर जिल्लाका हुन ।


प्रतिक्रिया दिनुहोस्