शारिरिक र मानसिक हिँसाको कारण पूर्व मिस नेपाल खड्गीले गरिन् डिभोर्स

काठमाढौं २ चैत / पूर्वमिस नेपाल उषा खड्गीले आफ्नो १७ वर्ष लामो वैवाहिक जीवन टुङ्ग्याएकी छन् । टेलिभिजनलाई दिएको अन्तरवार्ताको दुई भिडिओ क्लिपसहितको फेसबुक पोस्टबाट उनले जिपी तिमल्सिनासँगको १७ वर्ष लामो वैवाहिक जीवन समापन गरेको सार्वजनिक गरेकी हुन्।विवाह गरेको १७ वर्षपछि पनि मैले शारिरिक र मानसिक दुर्व्यवहार भोग्नुपर्छ भने त्यसलाई निरन्तरता दिनुको कुनै आधार छैनु, उनले सो फेसबुक पोस्टमा लेखेकी छन्।

पोस्टमा उनले सो क्रियाकलापलाई नाईुं भन्ने निर्णय गरेको भन्दै सहयोग र साथ दिने सबैलाई धन्यवाद भनेकी छन्।शनिबार गरिएको पोस्टमा उनले आफू र आफ्ना सन्तानको अधिकारका लागि लड्ने पनि लेखेकी छन्। फेसबुकमा उनले अन्तरवार्ताका दुई क्लिप पोस्ट गरेकी छन् जसमध्ये एकमा उनी बोल्दाबोल्दै रोएकी छन्।


प्रतिक्रिया दिनुहोस्