ताप्लेजुङ जिल्ला इन्चार्जद्वारा विप्लव परित्याग

प्रयास लिम्बू ताप्लेजुङ, २ चैत / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा ताप्लेजुङका इन्चार्ज ताराबीर थापाले सो समूह परित्याग गर्नुभएको छ । आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै थापाले विप्लव समूह परित्याग गरेको र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको जनाउनुभएको छ ।

मेची उपव्यूरो कार्यबाहक इन्चार्ज समेत रहेका थापाले विप्लव समूहबाट देश र जनताको हित नहुने र एकीकृत जनक्रान्तिका नाउमा सुरु भएको आन्दोलन पनि निस्कर्षमा पुग्न नसक्ने ठहर गर्दै साधारण सदस्यसमेत नरहनेगरी सो समूह परित्याग गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । यता थापालाई नेकपाका जिल्ला अध्यक्ष विजयप्रकाश वनेम, प्रदेश कमिटी सदस्य खेलप्रसाद बुढाक्षेत्री, मिङ्माडण्डु शेर्पा लगायतको उपस्थितिमा केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बोले पार्टी प्रवेश गराउनुभएको नेकपा ताप्लेजुङका प्रचार विभाग प्रमुख सुरज ओझाले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्