नेपाली सेनाले घोडे जात्रामा विशिष्ट व्यक्ति नबोलाउने

काठमाडौं ३ चैत / विश्वमा फैलिरहेको कोभिड–१९ का कारण नेपाली सेनाले यस वर्षको घोडेजात्रा सीमित व्यक्तिको उपस्थितिमा गर्ने भएका छन् । सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमसहित ‘घोडेजात्रा समारोह’ आयोजना गर्दै आएको थियो। यस वर्षको घोडेजात्रा यही चैत ११ गते परेको छ।

उक्त जात्रालाई केवल परम्परालाई कायम राख्ने उद्देश्यले मात्र आयोजना गर्न लागिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनकारी दिएका छन्। विभिन्न राष्ट्रमा कोभिड १९ फैलिएका कारण सरकारले सभा, सम्मेलन, भेला र कार्यक्रम नगर्ने यसअघि नै निर्णय गरिसकेको छ। सरकारको उक्त निर्णयअनुरुप यस वर्षको घोडेजात्रा समारोहमा विशिष्ट व्यक्ति र पाहुनालाई सहभागी नगराउने निर्णय गरिएको निर्देशनालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्