हिमाली भेगमा बस्ने शेर्पाको रगत विदेश लैजान प्रतिस्पर्धा

नेपालको हिमाली भेगमा बस्ने शेर्पा समुदायमाथि अनुसन्धानका नाममा विभिन्न विदेशी संघसंस्थाले उनीहरूको रगत आफ्नो देश पुर्याउने गरेका छन् ।शेर्पा समुदायको जिन संसारका अन्य भागमा बस्ने मानिसको भन्दा फरक भएको भन्दै त्यसको रहस्य पत्ता लगाउन नियमविपरीत उनीहरूले रगत लैजाने गरेका हुन् ।

हिमाली भेगका शेर्पा फरक–फरक अल्टिच्युटमा पनि कसरी सजिलै बस्न सक्छन् भन्दै क्षमता बुझ्न अनुसन्धान हुने गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ । ती संघसंस्थाले शेर्पाको होलब्लड नै आफ्नो देश पुर्याउने क्रम बढाएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अहिले कडाइ गरेको छ ।


प्रतिक्रिया दिनुहोस्