१८ बुँदे विजयपुरगढी घोषणा पत्र सार्वजनिक गर्दै राई विद्यार्थी संघको केन्द्रीय समिति बैठक सम्पन्न

काठमाडौं । किरात राई विद्यार्थी (किरावि)संघको केन्द्रीय समिति परिषद बैठक १८ बुँदे विजयपुरगढी घोषणा पत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ । धरानस्थित किरात राई यायोक्खाको कार्यलयमा ( किरावि ) का केन्द्रीय अध्यक्ष जितेन राईको अध्यक्षतामा बसेको बैठकले १८ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो । किरात राई यायोक्खा (किराय)का केन्द्रीय उपाध्यक्ष तिलक राईको प्रमुख आतिथ्यता विभिन्न सांस्कृति कार्यक्रमका साथ बैठकको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

बैठकलाई उद्घाटन गर्दै उपाध्यक्ष राईले १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्नको लागि आन्दोलनको आँधिबेहेरी सिर्जना गर्नुपर्ने बताएका थिए । किरात कुनै जातिको नभएर इतिहास, भूगोल र सभ्यता भएकोले सबैलाई सर्व स्वीकार्य हुने राई भनाई थियो । बैठक फागुन ३० गतेदेखि चैत्र २ गतेसम्म चलेको थियो ।
किरावि संघले प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषणको मागदेखि कोरोना भाइरसका कारण जनतामा आतंकित पार्ने कार्य र कोलोबजारी नियन्त्रणको माग गरेको छ ।

यस्ता छन् १८ बुँदे घोषणा पत्र

१. प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषण गर ।

२. राष्ट्रिय जनगणना २०७८ को लागि जाति(महलमा राई, धर्ममा किरात र मातृभाषामा आ(आफ्नो भाषा लेखाउन पहल गरौं ।

३. बहुभाषिक विश्वविद्यालयको स्थापना गर ।

४. त्रि-भाषिक शिक्षा नीति पूर्णरुपमा कार्यन्वयन गर ।

५. मातृभाषा शिक्षा नीति लागु गर ।

६. मातृभाषा विषयको शिक्षक कोटा निर्धारण गर ।

७. स्थानीय पाठयक्रममा मातृभाषा विषय समावेश गर ।

८. संघका संस्थापक अध्यक्ष नवीन राईको अवस्था तत्काल सार्वजनिक गर ।

९. जननायक रामप्रसाद राईलाईै राष्ट्रिय विभुति घोषण गर ।

१०. किरातकालिन एतिहासिक गढी, थुम र दरबारहरूको संरक्षण र सर्वद्धनको पहल गरौं

११. संयुक्त राष्ट्रिय घोषणा पत्र र आइएलओ १६९ लाई कार्यन्वयन गर ।

१२. किरात श्रृजंगा लिपी प्रयोग गरौं ।

१३. कोरोना भाइरसको जोखिमबाट बचौं ।

१४. कोरोना भाइरसका कारण जनतामा आतंकित पारेर कालोबजारी गर्ने कार्य नियन्त्रण गर ।

१५. शिक्षामा व्यापारीकरण अन्त्य गर ।

१६. संघलाई विवादित बनाई समूदाय विभाजित गर्ने कार्य तत्काल बन्द गर । संघको नाममा स्वघोषित अबैध झुण्डाप्रति सचेत बनौं । कोहि भ्रममा नपरौं ।

१७. सबै तहको सरकारमा हुँदै आएको भ्रष्ट र कमिसन बन्द गर ।

१८. सम्पूर्ण आदिवासी एक होऔं ।


प्रतिक्रिया दिनुहोस्