तोक्पेगोला स्पोर्ट क्लबद्धारा फुटसल खेल आयोजना गर्दै

काठमाडौं । तोक्पेगोला स्पोर्ट क्लबद्धारा फुटसल खेल आयोजना गर्ने भएको छ । नयाँ वर्षको अवसरमा रास्ट्रको लागि खेलकुद, स्वास्थको लागि खेलकुद भन्ने मुल नाराका साथ पालिकास्तरीय फुटसल खेल आयोजना गर्ने भएको हो । काठमाडौंको ज्ञानेश्वर स्थित प्राईम फुटसलमा चैत १५ गते बिहान ८ बजेबाट खेल सुरु हुनेछ । खेलमा ताप्लेजुङ जिल्ला अन्र्तगतका गाँउपालिका र नगरपालिकाबाट खेलाडी सहभागि हुन पाउँनेछन् ।

प्रथम हुने टिमलाई ३० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र साथै दोस्रो हुनेले १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र, वेस्ट प्लेयर,वेस्ट किपर र अनुशासित खेलाडीलाई पुरस्कारको व्यावस्था रहेको तोक्पेगोला स्पोर्ट क्लबका अध्यक्ष टासी शेर्पाले जानकारी दिनुभयो । अध्यक्ष शेर्पाले गाँउपालिका र नगरपालिकामा आधिकारिक पत्र प्राप्त नभएको खण्डमा यसै समाचारलाई आधार मानी खेलमा सहभागी हुन सकिने स्पष्ट पार्दै सहभागी हुन समेत अनुरोध गरेका छन् ।

खेलको नियमहरू

१. खेलाडीहरू एउटै गाउँपालिका भित्र नगरपालीका भित्रको हुनु पर्ने छ ।
२, परिचय खुल्ने जन्म दर्ता र नागरिकता अनिवार्य गरिएको छ ।
३, परिचय पत्र सक्कल हुनुपर्ने छ अन्यथा आयोजक सहभागी गराउन बाध्य हुने छैन ।
४, खेल फुटसलको नियम अनुसार खेलाईने छ ।
५, खेलमा विवाद आएमा आयोजकको निर्णय अन्तिम हुनेछ ।
६, ड्रेस र सुज अनिवार्य लगाउनु पर्नेछ ।
७, एक दिन अगाडी नै टीम दर्ता गरिसक्नु पर्ने छ ।
१ प्रथम नगद रु, ३० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र ।
२, दोस्रो नगद रु ,१५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र । ईन्ट्री फि ३५ सय
साथै वेस्ट प्लेयर , वेस्ट किपर र अनुशासित खेलाडीको लागि उचित पुरस्कार राखिएको छ ।
स्थान प्राईम फुटसल ग्यानेश्वोर फोन नं – 014446461‬ / 9851122707



प्रतिक्रिया दिनुहोस्