२० हजार मास्कसहित २ जना पक्राउ प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार १९:३१ काठमाडौं । पर्सामा २० हजार मास्कसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपरमाई गाउँपालिका ५ का ३८ वर्षीय सुलिन जैसवाल र २६ वर्षीय अजय महतो रहेका छन् ।काठमाडौंबाट पर्साको भिष्वा जाने बसमा मास्क लिएर गइरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । काठमाडौंबाट मास्क खरिद गरी भारतमा बिक्री गर्न लैजाँदै गरेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस बिसयमा थप अनुसन्धान भइरहेको छ ।