एसईई परीक्षा केन्द्र पुगेका विद्यार्थी निराश भएर घर फर्किए

काठमाडौं । यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए । एसईई परीक्षा स्थगित भएपछि परीक्षामा सहभागी हुनका लागि तयार भएर परिक्षा केन्द्र पुगेका विद्यार्थीहरू निराश भएर घर फर्किएका छन् ।

उपप्रधान तथा रक्षा मन्त्रि ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बुधवार एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। विषेशगरि परीक्षा केन्द्रको नजिक डेरा लिएर बसिसकेका विद्यार्थीहरूले तयारी अनुसार परीक्षामा सहभागी हुन नपाएको भन्दै दुखेसो समेत पोखेका छन् ।

यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो। एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको छन् ।


प्रतिक्रिया दिनुहोस्