नेपालमा कोरोना संक्रमण भएको छैन,भ्रमको पछि नलाग्‍नू

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारेकी छन्। रिपोर्ट्स क्लबमा बिहीबार आयोजित साक्षात्कारमा प्रयोगशालाकी निर्देशक डा.रुना झाले देशभर कोही पनि कोरोना भाइरसको संक्रमित नरहेको बताएकी छन्। रोगको सम्भावित लक्षण देखिएका बिरामीहरुमध्येबाट दैनिकजसो परीक्षण भइरहेको भन्दै तथ्यांकगत आधारमा हाल देशमा कोही पनि कोरोना भाइरस संक्रमित नभएको स्पष्ट पारेकी हुन्। उनले रोगको संक्रमण नभएको अवस्थामा हल्ला र भ्रमको पछि नलाग्नसमेत आग्रह गरिन्। ‘हाल देशमा कसैलाई पनि कोरोना संक्रमण छैन ।

आशंकित ५२१ जनाको परीक्षण भइसकेको छ। उनले परीक्षणमा आउने संख्या दिनहुँ बढे पनि कोही पनि संक्रमित नभेटिनु खुशीको विषय भएको बताइन्। यसअघि परीक्षणबाट संक्रमित व्यक्तिसमेत स्वस्थ भइसकेको उनको भनाई छ। झाले सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न कदम चालिसकेको र परीक्षणबाट कोही संक्रमित भएमा तत्काल उपचारको उपाय अवलम्बन गर्नेगरी तयारीसमेत गरिसकेको विश्वास दिलाइन्। ‘जनतालाई थप त्रास नफैलाउन म सबैसँग आग्रह गर्दछुु, उनले भनिन्। उनले कोरोना भाइरसबारेमा सबैजना सचेत रहेको देखिएको बताउँदै स्वास्थ्यकर्मी, मिडियादेखि स्वयंसेवीले खतरा मोलेर काम गरिरहेको बताइन्।

डा .झाले संक्रमण हुन नदिन आवश्यक निर्देशन पालना गर्न पनि सबैसँग आग्रह गरिन्। उनले अहिलेको अवस्था एकदमै अप्ठ्यारो अवस्था भएकोले यस्तो बेलामा मास्कको कालोबजारी नगर्नसमेत आग्रह गरिन्। उनले भनिन्ए उटा संक्रमित बिरामीले मास्क लगाएमा सयौंलाई सर्नबाट बचाउन सकिन्छ, त्यसैले मास्कको कृत्रिभ अभाव सृजना गरी असुरक्षित बनाउने र बन्‍ने काम नगरौं।


प्रतिक्रिया दिनुहोस्