दक्षिण कोरियाकी ९६ वर्षीया महिलाले जितिन कारोनालाई

एजेन्सी, काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरस९कोभिड–१९० बाट संक्रमित ९६ वर्षीया महिला पूर्ण रुपमा निको भएकी छिन् । कोभिड–१९ बाट संक्रमितमध्ये निको हुने सबैभन्दा पाको उमेरकी व्यक्तिसमेत हुन् ।

देइगु सहरको चेङ्दो क्षेत्रमा बस्ने ९६ वर्षीया ह्वाङ बुधबारबाट पूर्ण रुपमा निको भएको कोरियाली स्वास्थ्य अधिकारीहरुले बताएका छन् । चेङ्दो कोरोना संक्रमणका हिसाबले अतिप्रभावित क्षेत्र हो ।

मार्च १३ मा स्वास्थ्य परीक्षण गराउँदा ह्वाङलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । पोहाङ पब्लिक क्लिनिकमा उनको उपचार भएको हो । उनी अहिले आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी छिन् । उनी छोरासँग बस्दै आएको पनि कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना भाइरसको संक्रमणको जोखिम वृद्धवृद्धालाई बढी हुने चिकित्सकहरुले बताउँदै आए पनि ९० वर्षमाथिका थुप्रै व्यक्ति निको भएका छन् ।

सुरुमा चीनपछि सबैभन्दा बढी दक्षिण कोरियामा कोरोनाको प्रभाव देखिए पनि सरकारले अपनाएका कदमहरु प्रभावकारी भएकाले अहिले नियन्त्रणउन्मुख रहेको बताइएको छ । बिहीबार दिउँसोसम्म कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ हजार २ सय ४१ पुगेको छ । त्यस्तै १३१ को मृत्यु भएको छ भने ४ हजारभन्दा बढी निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस्