ताप्लेजुङ युवा समाज काठमाडौंले लकडाउनको चपेटामा परेकालाई सहयोग गर्ने


काठमाडौं । ताप्लेजुङ युवा समाज काठमाडौले लकडाउनको चपेटामा परेर समस्या भोगिरहेका नागरिकलाई सहयोग गर्ने भएको छ । एक विज्ञप्ती जारी गर्दै ताप्लेजुङबाट काठमाडौं आई दैनिक ज्याला मजदुरी गर्ने, विद्यार्थी लगायत बिभिन्न पेशा व्यावसायमा आवद्ध रहि लकडाउनको अवधिमा समस्यामा परेकालाई सहयोग गर्न लागेको हो ।

विज्ञप्तीमा यस दुःखद क्षणमा धैर्य गरेर कोरोना भाइरससँग लड्न उच्च मनोबलका साथ सामना गर्नुहुन अनुरोध गर्दछौं भनिएको छ । अहिले विश्व नै कोरोना भाइरस संक्रमणबाट आक्रान्त बनेका बेला नेपाल पनि यसको चपेटामा परेको छ । यस्तो बिषम परिस्थितिमा युवाहरु मिलेर अप्ठ्यारोमा परेका जिल्लाबासीलाई व्याक्तिगत रुपमा सहयोग गर्न लागेको युवा समाजका महासचिव निरोज लिबाङले जानकारी दिनुभयो ।

हालसम्म ६ परिवारलाई अति आवश्यक उपभोग्य वस्तु र ग्यास सहयोग गरिएको महासचिव लिबाङले बताए । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।

हिजो आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो अवधिलाई लम्ब्याएर चैत २५ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ । हाल विश्वमा कारोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पुगेको छ ३३,९९७ पुगेको छ भने संक्रमितको संख्या ७,२२,७३५ पुगेको छ । नेपालमा संक्रमितको संख्या ५ पुगेको छ भने १ जना निको भएर घर फर्किसकेका छन् ।


विज्ञप्ती मार्फत सार्वजानिक गरिएका नम्बरहरु निम्न छन् । उल्लेखि व्यक्ति र नम्बरमा समस्या परेका बेला जुनसुकै समयमा पनि सम्पर्क गर्न सकिनेछ ।
१, धनजित लिम्बू : ९८१३४३४९३६ सिनामंगल, एयरपोर्ट र गौशाला ।
२, मुक्ति लाबुङ : ९८५१२०४८९४, चाबहिल, कपन र चक्रपथ ।
३, निरोज लिबाङ : ९८५११९९४२०, चाबहिल , कपन र चक्रपथ ।
४, प्रकाश बम्जन : ९८१३३१६१६३, नयाँ बसपार्क , बालाजु , कलंकी ।
५, निर्मल तामाङ : ९८०८३४५९२९, न्युरोड , अनामनगर, नयाँ वानेश्वर र पुरानो वानेश्वर ।
६, मिङ्मा दण्डु शेर्पा : ९८४४१८८२२३, बौद्ध , जोरपाटी र गोकर्णेश्वर
७, याम लिम्बू : ९८०८८९१४४७, बौद्ध , जोरपाटी र नयाँ वस्ती ।
८, दावा ईलावा : ९८४११३८०६० , बौद्ध, जोरपाटी र ललितपुर ।
९, बम्जन राज : ९६१९२८९९८१, जोरपाटी , बौद्ध र भक्तपुर ।


प्रतिक्रिया दिनुहोस्