पाटन र वीर अस्पतालमा मृत्यु भएका तीनै जनाको परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं । सोमबार राजधानीका पाटन र वीर अस्पतालमा मृत्यु भएका तीन जनामा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको छ । कोरोनाका संक्रमण हुन सक्ने भन्दै तीनै जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । सोमबार वीरमा २ र पाटनमा १ जनाको मृत्यु भएको थियो ।

देवकोटाले ज्वरोको बिरामी आउनासाथ कोरोनाको संक्रमण भएको जसरी उपचार नहुने गरेको गुनासो समेत आउने गरेको भन्दै त्यस्तो नगर्न भन्दै सबै पक्षसँग अनुरोध गरे ।


प्रतिक्रिया दिनुहोस्