चिनियाँ कम्युनिष्ट पार्टीको हातमा अमेरिकी जीवन, कहाँ चुके ट्रम्प ?

अमेरिकी जनताको जीवन चीनको हातमा छ । चीन–ह्वाइटहाउसले ‘रणनीतिक प्रतिस्पर्धी’ ठानेको देश, अमेरिकाविरुद्ध सक्रिय अपरेशनमा संलग्न देश, अमेरिकी विदेश मन्त्रालयका अनुसार मानवअधिकार हनन गर्ने निरङ्कुश राज्य, ह्वाइटहाउसका अनुसार अमेरिकी अर्थतन्त्रको निरन्तर फाइदा लिने देश, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार ‘हाम्रो स्वास्थ र जीवनको बाटोमा महत्त्वपूर्ण खतरा’, अमेरिकी प्रशासनका अधिकारीहरुका अनुसार कोरोना भाइरसबारे सत्यतथ्य ढाकछेप गर्ने देश ।

चीन त्यस्तो देश, तर जसले अमेरिकी जनताको जीवनरक्षाका लागि आवश्यक सामाग्री पठाउने विश्वास छ । कोरोना भाइरसको सुरुवाती समय सूचना लुकाउने प्रयास गरेको चीन आज यस भाइरसपछि उत्पन्न परिस्थितीमा सबैभन्दा राम्रो अवस्थामा छ ।

अमेरिकी गुप्तचरहरुले चीन आफ्नो आर्थिक पहुँच विस्तारको मनसायमा रहेको चेतावनी दिएका छन् । अहिले यस महामारीको इपिसेन्टर अमेरिकामा सरेको छ, जहाँ ४ अप्रिलसम्म ३ लाखभन्दा बढी कोभिड–१९ बाट संक्रमित भइसके । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्याप्त तयारी गर्न नसक्दा चीनले आफ्नो पहुँच तिव्र रुपमा विस्तार गर्ने अवसर पाएको छ ।

महामारीले देशमा भयावह रुप लिनुअघि ट्रम्प प्रशासनसँग आवश्यक सामाग्रीको जोहो र महत्त्वपूर्ण सामाग्री आपूर्ति गर्न ठोस रणनीति हुनुपथ्र्यो, तर भएन । ‘रक्षा उत्पादन ऐन’ प्रयोग गर्नका लागि हप्तौंसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प अन्कनाइरहे, जसले अवस्था खराब बनायो । अन्ततः उनले नै घरेलु उत्पादकलाई भेन्टिलेटर्स र एन९५ मास्क उत्पादनका लागि प्रत्यक्ष रुपमा सामाग्री तथा अन्य स्रोतसाधन सहयोग गर्न आग्रह गरे ।

७ हजारभन्दा बढी अमेरिकीले ज्यान गुमाइसकेपछि शुक्रबार बल्ल उनले कोरोनाविरुद्धको लडाँइमा आवश्यक स्वास्थ सामाग्रीको निर्यातमा प्रतिबन्ध लगाए । ट्रम्पको पछिल्लो कदमका बाबजुद अमेरिकाले अझै पनि सेवामा खटिएका स्वास्थकर्मी तथा बिरामीको आवश्यकता पूर्ति हुनेगरी पर्याप्त स्वास्थ उपकरण उत्पादन गर्न सकेको छैन । महामारीको तयारीमा सरकारको यस असफलतापछि जनतासामु जता सामाग्री पाइन्छ, त्यहीं मुख ताक्नुको विकल्प छैन ।

न्युर्योकका गर्भनर एन्ड्रियु कुमोका अनुसार चीन सरकारले १ हजार भ्यान्टिलेटर्स दान दिएको छ, यस राज्यले चीनबाट १७ हजार भ्यान्टिलेटर्स अर्डर गरिसकेको छ । त्यस्तै, पेट्रियोट्स कम्पनीका मालिक रोबर्ट क्राफ्टलगायत निजी क्षेत्रका व्यक्तिले पनि चीनबाटै मास्क मगाएका छन् ।

चीनको शीर्ष मेडिकल उपकरण निर्माताका अनुसार अहिले विश्वभरका अस्पतालमा जति भेन्टिलेटर्स उपलब्ध छ, त्यसको ठ्याक्कै १० गुणा बढी माग छ । चिनियाँ स्रोतलाई ठ्याक्कै विश्वसनीय मान्न सकिदैन, तर पनि त्यहाँका सरकारी अधिकारीले दिएको सूचना पत्याउने हो भने देशका २१ वटा सक्रिय भेन्टिलेटर्स निर्माता कम्पनीले विदेशबाट २० हजार भेन्टिलेटर्स बनाउन अर्डर पाएका छन् ।
यो, अनुपात हेर्दा चिनियाँ उत्पादनको माग निरन्तर बढ्नेछ ।

आज चीनले जुन संकटको फाइदा लिँदैछ, यो अवस्था निम्तनुमा उसको पनि भूमिका छ । यो चीनको अर्थतन्त्रका लागि फाइदाजनक छ र चिनियाँ कम्युनिष्ट पार्टीका लागि प्रोपोगान्डा गर्ने ठूला अवसर पनि हो ।
चिनियाँ कम्युनिष्ट पार्टीले संकटको समय आफूलाई वैश्विक नेताका रुपमा चित्रण गर्ने प्रयास गर्दै आएको छ, जबकी महामारीको सुचना लुकाउने प्रत्यक्ष जिम्मेवारी उसलाई जान्छ । सूचना बाहिर नआएकै कारण धेरैले सावधानी अपनाएनन्, भाइरसले हप्तौंसम्म बिना–नियन्त्रण फैलने मौका पायो ।

अहिले भाइरसको रोकथाम, संक्रमितको उपचार र आवश्यक स्वास्थ्य उपकरणको जोहोमै अमेरिका संघर्षरत छ, भाइरस नियन्त्रण भइसकेको दाबी गर्ने चीन स्वास्थ उपकरण तथा अन्य सामाग्री उत्पादनमा केन्द्रीत छ । केही महिनाको लकडाउनपछि, चीनले आफ्नो आर्थिक रिक्तता पूर्ति गर्दै बाउन्स ब्याक गर्नसक्छ, हामी भाइरस रोक्नकै लागि उफ्रिरहेका हुनेछौं ।

उनीहरुसँग रणनीति छ, हामीसँग छैन । उनीहरुको विदेश नीतिको प्रभाव आज जस्तो छ, त्यस्तो आधुनिक इतिहासमा यसअघि थिएन ।

यो उनीहरुले देखाइसकेका पनि छन् । अमेरिकी तथा चिनियाँ अधिकारीबीचको शब्दको युद्ध पछिल्ला केही दिनदेखि मत्थर भएको छ । विदेशमन्त्री पोम्पेओले संकटबारे चिनियाँलाई दोष लगाउनु गलत थिएन । तर पोम्पेओ र राष्ट्रपतिले यस भाइरसलाई ‘चिनियाँ भाइरस’ वा ‘उहान भाइरस’ भन्नु धेरै अर्थमा गलत हो ।

जनवरीमा भाइरस नियन्त्रणका लागि चीनले गरेका प्रयासको तारिफ गर्ने ट्रम्पले अहिले यस्तो अभिव्यक्ती दिँदा एशियन–अमेरिकीमाथिको रंगभेदी आक्रमणमा अनावश्यक घ्यूमात्र थपिएको छैन, बरु बाँकी विश्वलाई समेत मिश्रित सन्देश मिलेको छ ।

यसलाई माथ खुवाउनेगरी जी ७ राष्ट्रको संयुक्त विज्ञप्ति जारी गर्ने सिलसिलामा अमेरिकाले ‘उहान भाइरस’ राख्नुपर्ने जिद्दी ग¥यो,अन्य देश सहमत भएनन् र विज्ञप्ति नै निस्किएन । यसरी, एकताको वास्तविक खाँचो पर्दा हामीले आफ्नो समूहलाई अंगभंग बनायौं ।

अब अमेरिकी जनताको जीवन स्वास्थ उपकरण पठाउन चिनियाँ कम्युनिष्ट पार्टीले दिने स्वीकृतीमा निर्भर छ, त्यसैले शब्दको युद्ध मत्थर भइसक्यो ।

थाहा छैन, चीनले यसको बदलामा ट्रम्प प्रशासनसँग के लिनसक्छ । तर, यो चाहिँ छर्लङ्गै छ – ट्रम्प प्रशासनको गम्भीर चाहना अमेरिकी जनताको ज्यान जोगाउनु हो भन्ने चीनले बुझेको छ र आफ्नो लक्ष्य हासिल गर्नका लागि अमेरिकाले कम्युनिष्ट पार्टीलाई खुसी बनाइराख्नुपर्ने आवश्यकता छ ।

चिनियाँ अर्थतन्त्रमा कम्युनिष्ट पार्टीको छाप छ, त्यसैले व्यापार गर्ने र राज्यले आवश्यक ठानेमा उत्पादन गर्ने क्षमता यसले राख्छ । व्यापार युद्धको समय चीन सरकारले अमेरिकालाई ‘जस्तालाई–त्यस्तै’ व्यवहार गर्दा यो खेल देखिएको थियो, यतिबेला चीनमा सेवा सञ्चालन गरिरहेका अमेरिकी कम्पनीले सरकारको अनावश्यक चेकजाँच, विमानस्थलमा ढिलाइलगायत समस्या सामना गरेका थिए ।

महामारीमा पनि यस्तै लागु हुनसक्छ, चीनसँग आफ्नो देशबाट अमेरिका निर्यात हुने सामाग्री कटौती गर्ने वा ढिलाई गर्ने क्षमता छ ।

यस्तो अवस्था सामना गर्ने हामी एक्लो देश भने होइनौं । विभिन्न देश महामारीविरुद्धको लडाँइमा दौडिरहेका बेला चीनको हात माथि छ । र चिनियाँ कम्युनिष्ट पार्टीले घरमा जसरी गलत कथा बेच्छ, विदेशमा त्यही गर्न खोज्दैछ ।

भाइरसको सामना गर्ने क्रममा आफूले निभाएको भूमिका, यसको उद्गमस्थल र अन्य विषयबारे गलत सूचना प्रवाह गर्न उनीहरुले सबै अस्त्र प्रयोग गरेका छन् । ट्रम्प प्रशासन र अन्य सबै अधिकारीले तत्कालका लागि जे गर्दा जीवन जोगिन्छ, त्यही गर्नुपर्छ । तर, चीनमाथिको निर्भरताको मूल्य ठूलो छ भन्नेतर्फ पनि सचेत हुनुपर्छ । अमेरिका सरकारले जनताको जीवन चिनियाँको हातमा छाडिदिएको छ,भयावह यर्थाथ यही हो ।

(सामन्था विनोग्राड सीएनएनकी राष्ट्रिय सुरक्षा विश्लेषक हुन् । यो लेख सीएनएनबाट अनुवाद गरिएको हो ।
–अनुवादः अन्वेषण अधिकारी
यो सामाग्री रातोपाटीबाट साभार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961