पुतली सहयोग योजना बौद्दद्वारा ताप्लेजुङ अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । पुतली सहयोग योजना ( Butterfly Help-Project ) बौद्वले ताप्लेजुङ अस्पताललाई स्वास्थ्य सेवाको सामाग्री सहयोग गरेको छ । संस्थाले अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई ५५ थान, सामान्य मेडीकल पन्जा र ५० थान माक्स सहयोग गरेको हो। त्यस्तै ताप्लेजुङको विकट गाँउ, ओलाङचुङगोला, लेलेप, घुन्सा र याम्फुदिनको स्वास्थ्य चौकीलाई पनि दुई दुुई थानको दरले ८ थान पीपीई र ५६ थान माक्स सहयोग गरेको छ ।

संस्थाले उक्त स्वास्थ्य सेवाको सामाग्री संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरेका छन् । मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत स्वास्थ्यकर्मीहरुले निभाएको भूमिका उल्लेखनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहन गर्दै ग्रामिण क्षेत्रका स्वास्थ्य चौकी र अस्पतालमा खटिएका स्वास्थ्यकर्मीका लागि सहयोग गरिएको संस्थाका अध्यक्ष पेम्बा नुर्बु शेर्पाले बताउनु भयो ।

विश्वलाई नै कोरोना भाइरसको संक्रमणले ठूलो चुनौती थपेको र त्यसमा पनि सीमित स्रोत साधनबाट समेत स्वास्थ्यकर्मीहरुले संक्रमण नियन्त्रणका लागि फिल्डमा खटिनेदेखि उपचारसम्म निभाएको भूमिका अतुलनीय रहेको अध्यक्ष शेर्पाको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्