ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी, सात घर जले

काठमाडौँ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा गएराती आगलागी भएको छ । आगलागीबाट सात घर जलेर नष्ट भएका छन् । फुङ्लिङ नगरपालिका –५ न्यू ट्याक्सी काउण्टर पुरानो बैंक लाईनमा आगलागी भएको हो ।राती करिब साढे १० बजे भएको आगलागी तीन घण्टा पछि नियन्त्रणमा आएको थियो ।

स्थानी खेम केसी, खड्क थापा, बिष्णु तिवारीलगायतको घर जलेर नष्ट भएको छ । फुङ्लिङ नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासिन्दको सहयोगमा आगलागि नियन्त्रणमा आएको थियो ।

आगो नियन्त्रण गर्ने क्रममा अन्य दुई घरहरु भत्काईएका थिए । भण्डारी खाजाघर आसपासबाट एक्कासी आगो सल्किएको स्थानीयले बताएका छन् । कसको घरबाट या कसरी आगो सल्किएको हो भन्ने एकिन भएको छैन । अन्य क्षति सहितको विस्तृत विवरण आउन बाँकी छ । 


प्रतिक्रिया दिनुहोस्