लकडाउन लम्ब्याउन सकिने सम्भावना (भिडियोसहित)

काठमाडौं/ आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अहिले भइरहेको लकडाउनको अवस्थामा परिवर्तन ल्याउने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद् बैठक सकिएलगत्तै नेपालगन्जमा थप १५ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो । यसअघि सरकारले उच्च जोखिम देखिएका जिल्ला, जोखिम, सामान्य, न्यून गरेर पाँच वर्गीकरण गरेको थियो ।

‘यो तयारी सकिएपछि नै नेपालगन्जमा त्यति धेरै मानिसमा एकैपटक कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसैले हिजो साँझ हामी आफैं अन्योलमा परेका थियौँ ।’उनले सरकारले लकडाउनकै कारण नेपालमा कोरोनाभाइरस संक्रमण नफैलिएको निष्कर्ष निकालेको भन्दै अहिले तत्काल लकडाउन हटाउने वा नहटाउने भन्ने प्रश्न जन्मिएको बताएका छन् ।

नेपालगन्जमा एउटा पूरै समुदाय कोरोनाभाइरस संक्रमणको जोखिममा रहेको र पछिल्लो समय नेपालगन्ज हुँदै पश्चिमका विभिन्न जिल्लामा मानिसहरु पुगेकाले पनि अब थप चुनौति अगाडि आएको सरकारको पछिल्लो निष्कर्ष रहेको उनले बताएका छन् । लकडाउन नगर्ने हो भने मानिसको आवतजावतलाई रोक्न नेपाली समाजमा समस्या हुनसक्ने अधिकारीहरुले निष्कर्ष निकालेका छन् । यसका कारण थप १० दिन लकडाउन लम्ब्याउन सकिने सम्भावना बढेको छ ।

https://youtu.be/wUxGivj8iHg

प्रतिक्रिया दिनुहोस्