ताप्लेजुङ समाज नेपालको टीम अग्निपीडितलाई राहत वितरण गर्न जिल्ला प्रस्थान गर्दै

काठमाडौं । ताप्लेजुङ समाज नेपालले अग्निपीडितलाई राहत वितरण गर्ने भएको छ । आज (मंगलबार) समाजको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले यस संस्थाको कुम्भकर्ण आपतकालिन कोष मार्फत सहयोग गर्ने निर्णय गरेको हो । ताप्लेजुङको सदमुकाम फुङ्लिङस्थित ट्याक्सी स्टेन छेउमा गत शुक्रबार राति भएको आगलागीबाट ८ घर जलेका थिए ।

ती घरमा व्यापार व्यवसाय गर्ने र भाडामा बस्ने ३७ परिवार विस्थापित भएका छन् । राहत सहयोग समाजको केन्द्रीय कार्यसमितिमा रहेका पदाधिकारी, स्वदेश तथा बिदेशबाट सहयोग रकम संकलन भएको र थप सहयोग आउने क्रम जारी रहेको समाजका उपाध्यक्ष युवराज गुरुङले जानकारी दिनुभयो । आज सम्म संकलन भएको सहयोग रकम वितरण गर्न भोली नै समाजका पदाधीकारी ताप्लेजुङ तर्फ प्रस्थान गर्नेछ । अहिलेलाई तत्काल पिडीत परिवारलाई नगद सहयोग गरिनेछ, र बाँकी दिनमा बिभिन्न सहयोगी संघ-संस्थाहरुसँग समन्वय गरेर भौतिक पुनसंरचना निर्माणमा समेत सहयोग गर्ने समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाङफे बताउनुभयो । , साथै यो संस्थाको प्रारम्भिक चरणको कार्यक्रम रहेको र आगामी दिनमा पनि यस्ता अन्य विपतीमा परेकालाई निरन्तर सहयोग गर्दै जाने उपाध्यक्ष गुरुङले बताए ।

यस अभियानमा सहयोग गर्न इच्छुकहरुको लागि ताप्लेजुङ समाज नेपालको बैंक खाता नं. प्राइम बैंक ०१८०२७६६ मा समेत रकम जम्मा गर्न सकिने विज्ञप्तीमा उल्लेख गरिएको छ । समाजले विज्ञप्तीमार्फत भिषण आगलागी भई ८ घर पूर्ण रुपमा नष्ट भएको र ति घरहरुमा बिभिन्न पेशा ब्यावसाय सञ्चालन गरि बसोबास गर्ने दर्जनौ घरपरिवार बिस्थापित भएको दुखद घटनाप्रति गहिरो दुःख ब्यक्त गर्दै साहनुभूती प्रकट गरेको छ । समाजले आफ्नो स्थापनाकालमै बिभिन्न उदेश्य सहित अगाडी बढिरहेको छ । जस अन्र्तगत पहिलो ताप्लेजुङ भवन निर्माण गर्ने,कुम्भकर्ण आपतकालिन कोष स्थापना गर्ने,पाथीभरा अक्षयकोष स्थापना गर्ने,कञ्चनजङघा लगानी सहजीकरण समूह स्थापना गर्ने र सामाजिक आर्थिक रुपान्तरण कार्यक्रम स्थापना गर्ने लगायतकका कार्यक्रमको घोषणा गरेको थियो ।

आगलागीबाट ७ करोड ३५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाईएको छ । यसमा संघसंस्थाको मात्रै १८ लाख ४७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

आज मिति २०७७ बैशाख २३ गते सम्ममा प्राप्त सहयोग रकमहरुको बिबरण यसप्रकार छ ।

१ . रविन नाल्बो नाल्बाे ताप्लेजुङ, हाल हङकङ ६०,०००।–
२. डम्बरबहादुर तुम्बाहाम्फे नाल्बु ताप्लेजुङ, हाल काठमाण्डौ ५०,०००।–
३. मा. पासाङ शेर्पा पापुङ ताप्लेजुङ, हाल काठमाण्डौ २५,०००।–
४. रमेश बराल फु.न.पा.–३ ताप्लेजुङ, हाल काठमाण्डौ १०,०००।–
५ . युवराज गु्रुङ फु.न.पा.–९ ताप्लेजुङ, हाल काठमाण्डौ १०,०००।–
६. तारा श्रेङ लिम्बु मैवाखोला ४ ताप्लेजुङ, हाल काठमाण्डौ १०,०००।–
७. टिका गुरुङ पाथीभरा याङवारक, हाल काठमाण्डौ १०,०००।–
८. अग्नी पौडेल मैवाखोला ३, ताप्लेजुङ, हाल काठमाण्डौ १०,०००।–
९. चैतन्य तुम्बाहाम्फे मेरिङदेन ६, ताप्लेजुङ, हाल काठमाण्डौ १०,०००।–
१०. हरि थापा मिक्वाखोला २, ताप्लेजुङ, हाल काठमाण्डौ १०,०००।–
११. प्रेमकुमार गुरुङ फु.न.पा.–७ ताप्लेजुङ, हाल काठमाण्डौ १०,०००।–
१२. पासाङ सेर्पा मेरिङदेन १, ताप्लेजुङ, हाल काठमाण्डौ १०,०००।–
१३. तिलप्रसाद श्रेङ लिम्बु मेरिङदेन २, ताप्लेजु्ङ, हाल काठमाण्डौ ५,५५५।–
१४. इन्द्रबहादुर शेर्पा मेरिङदेन ६, ताप्लेजुङ, हाल काठमाण्डौ ५,०००।–
१५. याङजोम शेर्पा फक्ताङलुङ ताप्लेजुङ, हाल काठमाण्डौ ५,०००।–
१६. मिङमाकामी शेर्पा मिक्वाखोला–४ ताप्लेजुङ, हाल काठमाण्डौ ५,०००।–
१७. संगम शेर्पा मैवाखोला ४, ताप्लेजुङ, हाल काठमाण्डौ ५,०००।–
१८. योगेन्द्र नेयोहाङ मैवाखोला ६, ताप्लेजुङ, हाल काठमाण्डौ ५,०००।–
१९. मिङमा दोर्ची शेर्पा मैवाखोला ६, ताप्लेजुङ, हाल काठमाण्डौ ५,०००।–
२०. तपनराज भण्डारी फु.न.पा. ताप्लेजुङ, हाल काठमाण्डौ ५,०००।–
२१. सलमान थलङ मिक्वाखोला ४, ताप्लेजुङ, हाल काठमाण्डौ ५,०००।–
२२. सुरेश बराल फु.न.पा. ३, ताप्लेजुङ, हाल काठमाण्डौ ५,०००।–
२२. देउमान बिष्ट पाथीभरा याङवारक, हाल काठमाण्डौ ५,०००।–
२३. मान थलङ मिक्वाखोला ताप्लेजुङ, हाल काठमाण्डौ ५,०००।–
२४ . छत्रबहादुर कार्की फक्ताङलुङ ताप्लेजुङ, हाल काठमाण्डौ ५,०००।–
२५ . मनिसा याक्सो आठराइत्रिवेणी–३ ताप्लेजुङ, हाल काठमाण्डौ ५,०००।–
२६. डोमा शेर्पा मिक्वाखोला–५ ताप्लेजुङ, हाल काठमाण्डौ ३,०००।–
२७. राजन पालुङवा फु.न.पा. – ८ ताप्लेजुङ, हाल काठमाण्डौ ३,०००।–
२८ . राम दाहाल फु.न.पा. ताप्लेजुङ, हाल काठमाण्डौ २,०००।–
२९. लक्ष्मी चोङवाङ मेरिङदेन–२ ताप्लेजुङ, हाल काठमाण्डौ २,०००।–
३०. ओम सुब्बा सिरिजंघा ताप्लेजुङ, हाल काठमाण्डौ २,०००।–
३१ . सरु माङमो सिदिङवा–२ ताप्लेजुङ, हाल काठमाण्डौ २,०००।–
३२. हिमा गुरुङ फु.न.पा. –६ ताप्लेजुङ, हाल काठमाण्डौ २,०००।–
३३. छिरिङ शेपार् मिक्वाखोला–५ ताप्लेजुङ, हाल काठमाण्डौ १,०००।–
३४. दुर्गाकुमार श्रेङ मैवाखोला–४ ताप्लेजुङ, हाल काठमाण्डौ १,०००।–
३५. छेम्बे शेर्पा मिक्वाखोला–५ ताप्लेजुङ, हाल काठमाण्डौ १,०००।–
३६. खडगबहादुर पौडेल सिदिङवा–७ ताप्लेजुङ, हाल काठमाण्डौ १,०००।–
३७. कौशिला चोङवाङ मेरिङदेन–२ ताप्लेजुङ, हाल काठमाण्डौ १,०००।–
३८ . सुमित्रा चोङवाङ मेरिङदेन–२ ताप्लेजुङ, हाल काठमाण्डौ १,०००।–
३९. सोमकुमार फागो मैवाखोला–४ ताप्लेजुङ, हाल काठमाण्डौ १,०००।–
४०. थुण्डुक शेर्पा मिक्वाखोला–५ ताप्लेजुङ, हाल काठमाण्डौ ५००।–
स्वदेश तथा बिदेशमा रहनु भएका इच्छुक सहयोगदाताहरुले निम्न उल्लेखित सम्पर्क ब्यक्तिहरुलाई सम्पर्क गरि सहयोग प्रदान गर्न सक्नु हुनेछ । प्रकाशित यो सुचना भन्दा पछि प्राप्त भएको रकम दोश्रो चरणको प्रेस बिज्ञप्ती मार्फत सार्वजानिक गरिनेछ ।
सम्पर्क ब्यक्तिहरुको सम्पर्क नम्बर

१० युवराज गुरुङ सम्पर्क नम्बर – ९८५११३९५४७
२० रमेश बराल – ९८५१०२७०६६
३० अग्नी पौडेल – ९८५१०२६०२१
४० चैतन्य तुम्बाहाम्फे – ९८५१०३०८५३
५० हरि थापा – ९८५११४०२१२
६० योगेन्द्र नेयोहाङ – ९८४१३४९१४३
७० मिङमाकामी शेर्पा – ९८५११२०६३६


प्रतिक्रिया दिनुहोस्