ताप्लेजुङको अग्निपीडितलाई बौद्ध महायान केन्द्र गुम्बा कपनले राहत प्रदान गर्ने

काठमाडौं । ताप्लेजुङ जिल्लाको सदमुकाम फुङलिङस्थित गत शुक्रबार राती आगलागी भई विस्थापित भएका परिवारलाई नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपनले राहत प्रदान गर्ने भएको छ । ताप्लेजुङ समाज नेपालसँग समन्वय गरेर अग्निपीडितलाई राहत स्वरुप दैनिक उपभोग्य सामाग्री सहित लत्ताकपडा सहयोग गर्न लागेको गुम्बाका सञ्चालक जिग्डोल लामाले जानकारी दिनुभयो।

जिल्ला बिपद् व्यवस्थापन समितिसँग सहकार्य गरेर राहत सहयोग वितरण गर्न लागेको गुम्बा सञ्चालक लामाले बताए । साथै सञ्चालक लामाले अग्निपीडितलाई तत्कालका लागि अस्थायी वासस्थान आवश्यक भएकोले सो बिषयमा नेपाल सरकारको ध्यानकर्षण समेत गर्नुभयो । आगलागिबाट ८ घर जलेर नष्ट भएका छन भने ती घरमा व्यापार व्यवसाय गर्ने र भाडामा बस्ने ३७ परिवार विस्थापित भएका छन् ।

यस अघि पनि बौद्ध महायान केन्द्र गुम्बाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले चालेको कदममा ऐक्यबद्धता जनाउँदै बिभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरेर सहयोग गर्दै आएको गुम्बा सञ्चालक लामाले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्