ताप्लेजुङ समाज नेपालद्वारा जिल्लाका अग्निपीडितलाई राहत रकम हस्तान्तरण

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाका अग्निपीडिलाई ताप्लेजुङ समाज नेपालको तर्फबाट आज शुक्रबार राहत रकम हस्तान्तरण गरिएको छ । गत शुक्रवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा भएको आगलागीका कारण विस्थापित भएका ३० परिवार र मैवाखोला गाउँपालिका – ३ साँघुका १ र आठराई त्रिवेणी गाउँपालिका – १ निघुरादिनका १ गरी ३२ पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो ।

समाजले कुम्भकर्ण आपतकालिन कोष मार्फत अग्निपीडित परिवारलाई प्रति परिवार नगद १० हजारको दरले राहत रकम प्रदान गरेको कोषका संयोजक युवराज गुरुङले जानकारी दिनुभयो । आपतकालिन राहत स्वरुप तत्कालै यो नगद रकम सबै पीडित परिवारलाई एउटै दरले वितरण गरिएको र पछि पुर्नस्थापना तथा पुर्नवासका लागि समेत क्षतिको आधारमा सहयोग गर्ने संयोजक गुरुङले बताउनुभयोे । राहत एकद्धार प्रणालीमार्फत मात्रै वितरण गर्न पाईने भएकोले फुङ्लिङ नगरपालिकाको समन्वयमा वितरण गरिएको हो । नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए ।

समाजले आफ्नो स्थापनाकालमै जिल्लाबासीको सहयोगका लागि कुम्भकर्ण आपतकालिन राहत कोष स्थापना गरेको थियो । राहत वितरण कार्यक्रममा नेकपाका नेता तथा तत्कालिन संबिधानसभा सदस्य पासाङ शेर्पा,पूर्व सांसद तिलकुमार मेन्याङ्बो,प्रदेशसभाका सांसदहरु टंक आङ्बुहाङ,बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा,जिल्ला समन्वय समिति प्रमुख धनेन्द्र मादेन, फुङ्लिङ नगरप्रमुख प्याकुरेल,फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ,फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा),प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलासहित ताप्लेजुङ समाज नेपालका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

ताप्लेजुङको सदमुकाम फुङ्लिङस्थित ट्याक्सी स्टेन छेउमा गत शुक्रबार राति भएको आगलागीबाट ८ घर जलेका थिए । ती घरमा व्यापार व्यवसाय गर्ने र भाडामा बस्ने ३७ परिवार विस्थापित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्