ताप्लेजुङमा लत्रिएको नाङ्गो तारले ट्रकलाई छुँदा करेण्ट लागेर एकको मृत्यु, एक गम्भिर घाइते

ताप्लेजुङ । ताप्लेजुङमा गुड्दै गरेको मालबाहक ट्रकमा करेण्ट लागेर एक जनाको मृत्यू भएको छ । करेन्ट लागेर पाथिभरा याङ्वरक गाउँपालिकाका जिपचालक विकास सुनुवारकाे मृत्यु भएको छ भने ट्रकचालक पाँचथर भारपाका अमृत श्रेष्ठ गम्भिर घाईते भएका छन् । आइतबार दिउँसो ३ बजे सामान पु¥याएर फर्कदै गरेको मे १ ख १८६५ नम्बरको मालबाहक ट्रकलाई फुङलिङ नगरपालिका २ स्थित बहानन्दे-दोभान सडकखण्डमा लत्रिएको विद्युतको नाङ्गो तारले छुँदा करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘सोहि समयमा जिल्ला सदरमुकामबाट मेरिङ्देन गाउँपालिका तर्फ गईरहको मे १ च ३०११ नम्बरको यात्रुवाहक जिपका चालक सुनुवारले विचबाटोमा ट्रक रोकिएको देखेर के भएको रहेछ भनेर ट्रकका चालकलाई हेर्न जाँदा उनलाई पनि करेण्ट लागेको रहेछ ।’ डिएसपी श्रेष्ठले भने । जिपचालक सुनुवारको करेण्ट लागेर घटनास्थल मै ज्यान गएको थियो । गम्भिर घाईते ट्रकचालक श्रेष्ठको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्