ब्रबिम शेर्माको “ कोक्मा फाङ्जङ् ” म्यूजिक भिडियो सार्वजनिक – (भिडियोसहित)

काठमाडौं । बहुप्रतिभाशाली गायक तथा संगितकार ब्रबिम शेर्माको लिम्बू भाषाको म्यूजिक भिडियो “ कोक्मा फाङ्जङ् ” सार्वजनिक भएको छ । भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायांकन रहेको म्यूजिक भिडियो ओरिजिन नेपाल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

यस गीतमा गायक शेर्मालाई गायिका सृजना जबेगुले साथ दिएकी छन् । प्रमण आङदेम्बेको निर्माण रहेको यस गीतमा गायक शेर्मा र डिल्ली विक्रम शेर्माको शब्द संगित रहेको छ । झण्डै डेढ दशकदेखि निरन्तर सांगीतिक यात्रामा लागेका ब्रबिम शेर्माको लिम्बु भाषामा आधा दर्जन भन्दा बढी एल्बम सार्वजनिक भैसकेका छन् । गायक शेर्माले करिब ३० वटा भन्दा बढी नेपाली गीत , करिब १ सय बढी लिम्बु गीतमा स्वर र संगीत भरिसकेका छन् ।

यस म्युजिक भिडियोमा बैसको उट्पट्याङ शैली र अभिभावक साथै प्रकृतीले समेत गिज्याउने गरेको तरुण भावलाई चित्रण गर्न खाेजिएको छ । पूर्वी नेपालको पाँचथर जिल्लाको बिभिन्न ऐतिहासिक स्थलहरूमा छायाङ्कन गरिएको भिडियोमा गायक ब्रबिम शेर्मा, चन्दा लिम्बु, सनय सेर्मा, नुनाम केरुङ र सुमन लामाको अभिनय रहेको छ ।

भिडियो


प्रतिक्रिया दिनुहोस्