ओलाङचुङ समाज कल्याण परिवारले दैनिक हजारौं श्रमिकलाई निशुल्क खाना वितरण गर्दै “भिडियो सहित “

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको (कोभिड-१९)ले गर्दा मानव जीवन अस्तव्यस्त बनिरहेको अबस्थामा लकडाउनले घर जान नपाएका दैनिक हजारौं ज्यालादारीका मजदूरहरु, अलपत्र परेका पिडितहरुलाई ताप्लेजुङको ओलाङचुङ समाज कल्याण परिवारले खाना खुवाउने काम जारी राखेको छ ।

ताप्लेजुङको ओलाङचुङगोलाका समाजसेवी बिभिन्न व्यक्तिहरुको सक्रियता तथा देशविदेशमा रहेका ताप्लेजुङबासी र आम नेपाली जनताको सहयोगमा दैनिक हजारौं व्यकितलाई खाना तथा खाजा खुवाईरहेको सो समाजले जनाएको छ । निषेधाज्ञाले मजदुरी गर्न नपाएर भोकै रहेका, विपन्न, सडक बालबालिका र दैनिक ज्याला मजदुरहरुलाई उनिहरुले खाना खुवाउँदै आएका छन ।

विहानका खाजा खानाकै लागि टुँडीखेलमा काठमाडौंका बिभिन्न ठाउँबाट मानिसहरु आउने गरेको र ओलाङचुङ समाज कल्याण परिवारले बिहानै ३ बजेदेखि खाना तथा खाजा बनाउने गरेको समाजले जनाएको छ । समाज कल्याण परिवारले यसअघि काठमाडौंको बिभिन्न स्थानहरुमा खाना तथा खाजा वितरण गर्दै आइरहेको छ ।

भिडियो


प्रतिक्रिया दिनुहोस्