प्रदेशको नाम जातीय आधारमा नराखिदा बाबुरामको आक्रोश

काठमाडौं / पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुका नाम जाती र भाषाको पहिचानको आधारमा नराखिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

जाती र भाषाको आधारमा प्रदेश नामकरण गर्दा देश टुक्रिन्छ भन्नेहरुलाई उनले भारत र अमेरिकाको उदाहरण हेर्न सुझाव दिएका छन् ।

डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘हाम्रा प्रदेशका नाम नदी र भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति भाषाको पहिचानमा राख्न नहुने ? यो कहाँको मार्क्सवाद / लोकतन्त्र / संघीयता हो ?

भट्टराई थप प्रश्न गर्छन्, ‘‘भारतमा तमिलनाडु, बंगाल, पन्जाब आदि अधिकांश जाती र भाषाको नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?

विगतमा मगरात, तमुवान, ताम्सालिङ्, नेवाः स्वायत्त प्रदेशको पक्षपातीहरु अहिले ‘महेन्द्रपथ’मा लागेको भन्दै भट्टराईले तत्कालीन माओवादी नेताहरुप्रति व्यंग्य गरेका छन् । उनले माओवादी जनयुद्धमा राज्यपक्षबाट ज्यान गुमाउने सबैभन्दा उच्च नेता सुरेश वाग्लेलगायतसँग माफीसमेत मागेका छन् ।


प्रतिक्रिया दिनुहोस्