उत्तर कोरियाली र रूसी विदेशमन्त्रीबीच भेटवार्ता

मस्को, रूस / उत्तर कोरियाका विदेशमन्त्री रि योङ होले मङ्गलबार मस्कोको भ्रमण गरी उहाँका रूसी समकक्षी सेर्गेई लाभरोभसँग भेटवार्ता गर्नुभएको छ । उत्तर कोरियाली नेताले रूसीसमकक्षीसँग गरेको कुटनीतिक छलफललाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘दुर्लभ वार्ता’ भनेका छन् । उत्तर कोरियाले पछिल्लो समय आणविक हतियार परीक्षण लगायतका प्रसँगका कारण आफ्ना छिमेकी तथा सहयोगी मुलुकको मित्रतामा समस्या देखिएको थियो ।

भ्रमणलाई सम्बन्ध सुधारका लागि गरिएको कुटनीतिक प्रयासका रूपमा लिइएकोे छ । उत्तर कोरियाली नेता रीको मस्को भ्रमण उत्तर कोरियाली नेता किम जोङ अन, दक्षिण कोरियाली तथा अमेरिकी राष्ट्रपतिबीच आगामी हप्ता हुने गरी तय भएको आणविक शिखर सम्मेलनपूर्व भएकोले यसलाई महत्वका साथ हेरिएको छ । रसियाली विदेशमन्त्री लाभरोभले रीलाई मस्कोमा मङ्गलबार स्वागत गर्दै भन्नुभयो, “रूसले सधैँजस्तै आफ्ना छिकेकीसँगको सम्बन्धलाई विस्तारमा झुकाव राख्ने छ ।” यसैगरी उत्तरकोरियाली विदेशमन्त्री रीले पनि ‘उत्तर कोरिया र रूसबीच सम्बन्ध बिस्तार’ का लागि प्योङयाङले विश्वास लिएको बताउनुभयो । एएफ्पी


प्रतिक्रिया दिनुहोस्