एकै दिन नेपालमा आज यति धेरै संक्रमितको कोरोनाले लियो ज्यान

काठमाडौं/ नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ महिला र ९ जना पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ ।

निधन हुनेमा काठमाडौंका महिला र पुरुष १-१ जना, ललितपुरका एक पुरुष रहेका छन् । यसैगरी झापाका २ जना पुरुष, सुनसरीका तीन जना पुरुष र रुपन्देहीका २ जना पुरुष रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्