बुटवलमा गए राति तीन जना कोरोना संक्रमितको मृत्यु

बुटवलमा गए राति तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपचारका क्रममा अस्पतालको सम्पर्कमा आएका ३ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार बुटवलमा शनिबार राती २ बजे बुटवल ११ की ६१ वर्षीया महिलाको मृत्यु भएको हो। उनी गत असोज २१ गते कोरोना पुष्टि भएर कोरोना बिशेष अस्पतालमा भर्ना भएकी थिइन्। उनको राती २ बजेतिर मृत्यु भएको डा. गौतमले बताए।त्यसैगरी गत असोज २२ कोरोना पुष्टि भएर २४ गतेदेखि कोरोना बिशेष अस्पतालमा भर्ना रहेका ७० वर्षिय पुरुषको पनि शनिबार राती करिब १० बजे मृत्यु भएको छ।

यता बुटवल ११ का ८४ वर्षीय पुरुषको आईसोलेसन अस्पतालमा बेड खाली नभएर अस्पताल खोज्दै गर्दा मृत्यु भएको छ। वृद्धलाई रुपन्देहीको कुनै पनि अस्पतालमा आईसीयू बेड खालि नभएपछि दाङ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो। पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि आईसियूमा राखी उपचार गर्नुपर्ने भए पनि आईसियू बेड खाली नभएपछि दाङ लैजादै गर्दा धानखोला पुग्दा उनको मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस्