चितवन प्रहरीद्वारा विशेष सुरक्षा रणनिति कार्यक्रम सुरु

चितवन, २८ चैत । चितवनमा शान्ति सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा रणनिति कार्यक्रम सुरु गरेको छ ।केहिदिन देखि चितवनमा नेकपा विप्लवको जनपरिषद्को अपराधिक क्रियाकलाप बढेको भन्दै सुरक्षाका लागि ठाउँठाउँमा विशेष प्रहरी टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए ।

“यतिवेला बेला बढी अपराधीक क्रियाकलाप र जनप्रतिनिधिहरुलाई आक्रमणका घटना भईरहेको छ उनले भने विशेष सुरक्षा रणनिति कार्यक्रममार्फत शान्ति सुरक्षाको प्रत्याभूति दिन खोज्दै छौँ ।”

यो बेला सामान्यभन्दा सबै क्षेत्रमा अलि टाइट हुने बेला भएको भन्दै शान्ति सुरक्षा कायम गर्ने मुख्य उद्देश्यसहितकार्यक्रम सुरु गरिएको स्पष्ट पारे ।जसका लागि चितवनमा ठुलो संख्यामा प्रहरी परिचालन गरि विप्लवको अपराधिक क्रियाकलाप गर्नेलाई पक्राउ गर्ने अभियान समेत तीव्र पारेको उनले बताए ।

जसका लागि ठाउँ ठाउँमा प्रहरीको विशेष टोलीको चेकजाचँ समेत तीव्र पारिएको छ । हाल सम्म ५ जना पक्राउ गरेको जानकारी पनि दिए ।


प्रतिक्रिया दिनुहोस्