फ्युचर होप नेपाललाई फुर्के परिवारको सहयोग “भिडियो सहित”

काठ्माडौं/ देश तथा विदेशमा रहेका नेपालीहरु द्वारा सञ्चालीत फुर्के परिवारले काठ्माडौंको हरहर महादेवमा रहेको “फ्युचर होप नेपाल” अनाथलयलाई दशैं र तिहारको उपलक्ष्यमा सहयोग प्रदान गरेको छ । लामो समय देखी अनाथ बालबालीकालाई आस्रय दिदै आएको फ्युचर होप नेपालमा बिहीवार उत्त परिवारका साजन मोक्तानको नेतृत्वमा २३ जना अनाथ बालबालीकालाई खाद्यान्न, लत्ता कपडा, पठनपाठन तथा खेलकुदका सामाग्री वितरण गरेको छ ।

नेपाल तथा विदेशमा रहेका फुर्के परिवारका सदस्यहरुले ब्यत्तीगत रुपमा संकलन गरेको रकमबाट सहयोग वितरण गरेको परिवारका साजन मोक्तानले बताउनुभयो । फुर्के परिवारका विशेष सहयोगी मन हरु : कबिता गुरुङ (U.S.A), नामसाङ बोखिम लिम्बू (israel ),सरु चाम्लिङ राई (UK), मानस राई (Uk), सन्जु गुरुङ (spain), आयुस्मा सेर्पा (HK), ज्योती पाइजा मगर (australia ),रेनुका पोख्रेल (U.S.A), नमिता बराल ( U.S.A), स्याङ्मो गोलेत तामाङ (cyprus), मदन राई ( Germany) नेपाल बाट :- अनिल वाईबा लामा, सन्तोष पराङदेन लिम्बू , जोगलाल तामाङ, प्रीन्सी गुरुङ, सागर सत्याल, कन्चन थलङ लिम्बु , अन्जली लिम्बू , शान्ती निङलेकु लिम्बू , जयन्ती निङलेकु लिम्बू , रबिन श्रेष्ठ, फबिन सेनेहाङ लिम्बू , कुसुम तुम्बापो लिम्बू, उर्मिला घलान, रमिता राई, बर्षा लिम्बू, साम लिम्बू, सुशिला लिम्बू, अमित लेप्चा लगायत सम्पुर्ण फुर्के परिवारले उत्त सहयोग रकम संकलन गरेका हुन ।

केहि दीन अघी सामाजीक दुरी कायम राख्दै मौलीक चलचित्र “थात्थलो ” प्रर्दशन गरीएको थियो । त्यस चलचित्रलाई सोहि चलचित्रका सम्पुर्ण परिवार बसेर हेरेका थिए । त्यस चलचित्रबाट संकलन भएको रकम खर्च कटौती गरी बाकी रकम पनि बालबालिकाको सहयोगकै लागी प्रयोग गरीएको थात्थलो चलचित्रका नायक कन्चन थलङ लिम्बुले बताउनुभयो । २३ जना अनाथ बालबालीका रहेको फ्युचर होप नेपालमा सामाजीक दुरी कायम राख्दै फुर्के परिवारले आफै खाना तथा खाजा पकाएर पनी बालबालिकालाई ख्वाएका थिए ।

चाड पर्व नजीकीदै गर्दा यो सहयोगले बालबालीकालाई खुशी तथा हौसला मिलेको फ्युचर होप नेपालकी सञ्चालक रिता सिवाकोटीले बताउनुभयो । पछिल्लो समय लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल टिकटकबाट जोडीएर सुरु भएको यस परिवारले समाजका गरीब तथा बिपन्न नागरीकहरुलाई सहयोग गर्दै आएको छ । साथै प्रतीभा भएर पनि स्थान नपाएका नवप्रतीभालाई सहयोग गर्ने यस परिवाको उद्येश्य रहेको छ । यस परिवारले केहि महिना अगाडी सिन्धुपाल्चोक जिल्लाको हेलम्बु ५ मा ५६ बाढी पहिरो पिडित परिवारलाई पनि राहात वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्