दुईजना क्यान्सर पीडितलाई फुर्के परिवाले गरे आर्थीक सहयोग

काठ्माडौं / देश तथा विदेशमा रहेका नेपालीहरु द्वारा सञ्चालीत फुर्के परिवारले ब्लडक्यान्सरबाट पीडित ७ वर्षीय रिदम बस्नेतलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । ताप्लेजुङ जिल्लाको सिदिंवा गाउँपालिका ६ मेहेले घर भई हाल काठ्माडौको सिबिल अस्पतालमा उपचार गराई रहेका रिदमलाई फुर्के परिवारका साजन मोक्तानको नेतृत्वमा आज ३५,००० नगद सहयोग हस्तान्तरण गरेको हो ।

गत बैशाखमा ब्लडक्यान्सर भएपछि सिबिल अस्पतालमा उनको उपचार भईरहेकोछ । उनको उपचारका लागि सबै जायजेथाले धान्न नसकेपछि सहयोग संकलन सुरु गरीएको हो । अबको एक महिनामा उनको बोनम्यारो प्रत्यारोपण गर्नको लागि करिब ३० लाख आवस्यक परेको छ । उनको उपचारका लागि अहिलेसम्म ३ लाख रुपैया संकलन भएको बिरामीका आमा जुना गौतमले बताउनुभयो ।

समाज सेवामा सक्रीय फुर्के परिवाले यो भन्दा अगाडी निमोनियाकी बिरामी न्युस्मा राई बचाउ अभियानबाट संकलीत रु १,५२,८२२ मध्ये न्युस्मालाई ६० हजार हस्तान्त्रण गरी बाकी रहेको ३५,००० बस्नेतलाई हस्तान्तरण गरीएको फुर्के परिवारका साजन मोक्तानले बताउनुभयो । त्यस्तै आजै धनकुटाकी क्यान्सर पीडित फुलमाया घिसिङलाई पनि फुर्के परिवारले भक्तपुर क्यान्सर अस्पतालमा गएर ३५,००० सहयोग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्