हङकङ्गस्थित एक नेपाली रेष्टुरेन्टमा आगलागी, ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार १०:५५ काठमाडौं । हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको छ। आगलागीमा परेर १८ जना घाइते भएका छन। मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन। नेपालीहरुले नै संचालन गरेको एक रेष्टुरेन्टमा आगलागी भएको हो । जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको त्यहाँ रहेका नेपालीहरुले जानकारी दिएका छन ।एनआरएनए हङकङ्गकी अध्यक्ष टिका गुरुङ्ग ुराधिकाुले पनि आगलागीमा परि सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेकी छिन।