पासाङ दोर्जी शेर्पाको ‘चिहाएर हेर्ने आँखा राम्रो’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नवगायक पासाङ दोर्जी शेर्पाको ‘चिहाएर हेर्ने आँखा राम्रो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । माई क्रिएसन मिडियाले उत्पादन गरेको म्युजिक भिडियो आइतबार माई क्रियसन मिडियाको यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । थिर थापा मगरको शब्द तथा पदम राना मगरको संगीत संयोजन रहेको गीतमा पासाङ दोर्जी शेर्पाको स्वर सुन्न सकिन्छ । भिडियोको निर्देशन तथा सम्पादन मिङमा शेर्पाले गरेका हुन् ।

म्युजिक भिडियोमा फुर्किमा शेर्पा र गायक पासाङ दोर्जी शेर्पाको अभिनय रहेको छ । साथै भिडियोमा एडी शेर्पा, फुर्वा डोमा शेर्पा, आङ छेलिङ शेर्पा, ल्हाक्पा डोमा र छिरिङ दावा शेर्पा लगायतलाई देख्न सकिन्छ । म्युजिक भिडियोको छायाङ्कन सोलुखुम्बुको केरुङ्को पत्ताले, चागेस्थान र ताक्पीलोको विभिन्न स्थानमा गरिएको छ ।

भिडियो

https://youtu.be/mHBfF8S_mKI


प्रतिक्रिया दिनुहोस्