भागरथी हत्याका अभियुक्त पक्राऊ, छिमेकी युवाद्वारा बलात्कारपछि हत्या गरेको स्वीकार

काठमाडौं / गएको माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेको छ । भागरथीको हत्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएको छ । स्थानीय सनातम धर्म माविमै कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले आफ्नो अपराध स्वीकार गरेका छन् ।

विगतमा आफ्नी फुपुलाई भागरथीका पिताले दुव्यर्वहार गरेको भन्दै त्यसको बदला लिन बलात्कार बयान दिएका हुन् । भागरथीले अपराध खोलिदिने भयले दिनेशले घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।भागरथीको पिताको केही महिना अघि मृत्यु भइसकेको छ । प्रहरीले दुवै परिवारबीच सम्बन्ध राम्रो नभएको पत्ता लगाएको छ ।

हत्याका आरोपी दिनेश भागरथीकै गाउँका भाई हुन् । उनी भागरथी अध्ययनरत सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत हुन् । प्रहरी स्रोतका अनुसार दिनेशले बलात्कारको योजना पहिले नै बनाएका थिए । उनी डेढ घन्टा अगाडि नै विद्यालयबाट निस्किएको र जङ्गलमा कुरेर बसेका थिए ।

योजनावद्ध तरिकाले दिनेशले बलात्कार गरेका थिए । उनले बाटोमा भागरथीलाई समातेको र प्रतिकारका क्रममा दुवैबीच झडप भएको थियो । त्यसपछि झाडीमा लडाउँदै बलात्कार गरेको प्रहरी स्रोतले बताएको छ । घटनाबारे भागरथीले गाउँमा भन्ने डरले हत्या गरेको बयान दिएका थिए ।भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रगत समेत बगेको अवस्थामा भेटिएको थियो ।


प्रतिक्रिया दिनुहोस्