पाँच दिनदेखि मेचीनगरकी एक किशोरी बेपत्ता



काठमाडौं/  मेचीनगर – मागुरमाडीकी २० वर्षीया किशोरी आशा लिम्बू पाँच दिनदेखि बेपत्ता भएकी छन् । स्थानीय कविशिरोमणि माविमा गएको मंगलबार सरस्वती पूजामा सहभागी भएर निस्किएपछि दिउँसोबाट उनी परिवारसँग सम्पर्कविहीन भएको दाजु मिलन लिम्बूले बताए । ‘पूजा गर्न भन्दै बिहान स्कूल गएकी थिइन्, १० बजेतिर साथीहरुसँगै घर आएर खाना खाएपछि फेरि स्कूलतिरै गइन्’ उनले भने, ‘११ बजेतिर उनलाई एक अपरिचित व्यक्तिले कल गरेको कुरा उनका साथीहरुले सुनाए ।’

आशाका साथीहरुको भनाई उदृत गर्दै उनी भन्छन्, ‘फोन गर्ने केटा मान्छे थिए, हामीले चिनेनौँ, उनले आशालाई धुलाबारी मोडतिर बोलाउँदै थिए, त्यसपछि उनी २ बजेतिर सिटी सफारी चढेर गइन् ।’ मेचीनगर ९ स्थित हरि आधारभूत विद्यालय नजिकै घर भएकी आशा कविशिरोमणि माविको कक्षा ११ मा पढ्ने विद्यार्थी हुन् । आमा द्रोपदाका अनुसार बेपत्ता भएकी ती किशोरीको मानसिक अवस्था कमजोर रहेको छ । आमा द्रोपदाले भनिन्, ‘उनको बोली तोते छ, जोसुकैसँग छिट्टै घुलमिल हुने बानी छ, ललाइफकाई गर्दा जता भन्यो त्यतै हिँड्छिन् ।’

५ फुट २ इञ्च उचाइ भएकी, गहुँ गोरो वणर्की उनले परिवारसँग सम्पर्कविहीन हुनुअघि कालो जिन्स पाइन्ट, कालो बुट जुत्ता, कालो धर्का भएको सेतो टिसर्ट, गलामा १ तोलाको सुनको सिक्री र कालो धागोले उनेको बुट्टी लगाएकी आमा द्रोपदाको भनाई छ । बेपत्ता भएकी आशाको खोजीका लागि माइती नेपाल काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीमा निवेदन दिइएको बताउँदै दाजु मिलनले खोजी कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961