विद्यार्थीले देखाए प्रधानमन्त्रीलाई कालो झन्डा

प्रधानमन्त्री केपी ओलीलाई प्रचण्ड(माधव समूहका विद्यार्थी नेतासहितको समूहले विराटनगरमा कालो झन्डा देखाएको छ। आफ्नो समूहको आमसभाको लागि विराटनगर गएका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बाहिरिएपछि विद्यार्थीहरूको समूहले कालो झन्डा देखाएका हुन्।

विद्यार्थी नेता वसिम आलमको नेतृत्वमा प्रचण्ड-माधव समूहका कार्यकर्ता एयरपोर्टमोड पुगेका थिए उनीहरूले केपी ओली मुर्दावाद भन्दै कालो झन्डा देखाएपछि प्रहरीले हस्तक्षेप गरी लखेटेको छ

प्रधानमन्त्री ओली शनिबार विराटनगरमा आयोजित समालाई सम्बोधन गर्न पुगेका छन्।


प्रतिक्रिया दिनुहोस्