दोस्रो मात्राको खोप अभिया वैशाख ७ देखि १४ गतेसम्म सञ्चालन हुने

काठमाडौं । सरकारले माघ १४ देखि फागुन १० गतेसम्म कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरूलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने इन्सिडेन्ट कमाण्ड सिस्टम आइसिएस को बैठकले निर्णय गरेको हो ।

पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाइसकेपछि खोप कार्ड प्रदान गरिने निर्णय समेत आइसिएस बैठकले गरेको छ । यस्तै दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि पहिलो मात्रा दिन सूचना जारी गर्ने समेत मन्त्रालयको भनाइ छ । पहिलो प्राथमिकतामा ४ लाख ४९ हजार ८ सय ८० जनाले खोप लगाएका थिए । हालसम्म खोप लगाउनेको संख्या १६ लाख ५ हजार ७ सय ६ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्