ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने माधव पक्षको भनाई

काठमाडौं । भोलि बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

फाईल तस्बिर

तर, संसदीय दलको बैठकमा माधव पक्ष भने नजाने भएको छ। ललितपुरको हेरिटेज गार्डेनमा जारी माधव पक्षीय कार्यकर्ता भेलामा सहभागी नेता सुरेन्द्र पाण्डेले भोलि डाकिएको संसदीय बैठकमा सहभागी नहुने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्