लण्डनको बहुचर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा नेपाली मोडल अनिता

काठमाडौं । बेलायतमा चर्चित नेपाली मोडल अनिता लिम्बूले बहुचर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागिता जनाएर धेरैको मन जित्न सफल भएकी छिन् ।

सामाजिक सञ्जाल इन्टग्राममा उनको कौशल देखेर आयोजक टिमले नै उनलाई रियालिटी शो मा भाग लिन आग्रह गर्दै सम्पर्क गरेको थियो । आयोजकको आग्रहपछि उनी अडिसनमा सहभागि हुँदै ‘शो’मा सहभागि हुन पुगेकी हुन् । उक्त रियालिटी शो आई टिभी टू च्यानलमार्फत विहिबार प्रसारण भएको छ । आई टिभी हब मार्फत उक्त कार्यक्रम जुनसुकै समयमा पनि हेर्न सकिनेछ । नेपालको ताप्लेजुङ जिल्लामा जन्म भइ इटहरी नगरपालिकाको तरहरामा हुर्केकी उनले सानै उमेरदेखि मोडलिङ र डान्सिङमा दिलचस्पी राख्ने गरेकी थिइन् ।

नेपालमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययन सकेर अध्ययनको शिलशिलामा यूके आएकी उनले बेलायतमा ब्यूटी थेरापी सम्बन्धी अध्ययन पूरा गरिसकेकी छिन् ।बर्हिगमको एक फेशन शोबाट मोडलिङ शुरू गरेकी उनले अक्सफोर्ड फेशन विक र लण्डन फेशन शो मा पनि भाग लिइसकेकी छिन् ।

यस्तै अनिताले लण्डनमा आयोजना हुने प्राय फेसन–शो तथा मिस च्यारिटी लगायतका व्युटी कन्टेस्टहरुमा समेत भाग लिएर विभिन्न टाइटल अवार्ड जितिसकेकी छन्। ५ फिट ७ इञ्च उचाईकी अनिता डान्समा पनि अब्बल रहेकी छन्। लण्डनमा हुने विभिन्न च्यारिटी शोहरुमा डान्स गरेर धेरै सहयोग जुटाइसकेकी छन्।


प्रतिक्रिया दिनुहोस्