जेष्ठ नागरिकको भत्ता ४ हजार पुग्यो

काठमाडौं । सरकारले जेष्ठ नागरिकको भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको छ । आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए ।

त्यसैगरी ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधोपचारको व्यवस्था गरिने भएको छ । ज्येष्ठ नागरिक लगायत सबै प्रकारका सामाजिक सुरक्षा बापत आगामी आर्थिक बर्षका लागि १ खर्ब रुपैया विनियोजन गरिएको पनि उनले बताए । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरालाई फराकिलो बनाई असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई पनि सहभागी गराइने भएको छ । समाजिक सुरक्षाका विभिन्न कार्यक्रमका लागि १४ अर्ब रुपैया विनियोजन गरिएको छ ।

त्यसैगरी महिला, बालबालिका र जेष्ठ नागरिकका लागि १ अर्ब २० करोड रुपैया विनियोजन गरिएको छ । राट्रपति महिला उद्यमी कार्यक्रम अन्र्तगतका कार्यक्रमलाई विस्तार गरिने, बालप्रज्ञा प्रतिष्ठान स्थापना गर्न, झापाको दमकमा चिल्डेन प्याराडाईज स्थापना गर्न र विभिन्न स्थानमा बालबालिकाको क्षमता अभिवृद्धिका कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको छ ।

प्रत्येक जिल्लामा बालकल्याण अधिकारीको व्यवस्था गरिने भएको छ । त्यसैगरी ज्येष्ठ नागरिकका लागि अस्पतालमा अलगै वेडको व्यवस्था गर्ने लगायत कार्यक्रमहरु पनि सरकारले अघि सारेको छ ।


प्रतिक्रिया दिनुहोस्