मिसन हिमालय काठमाडौंद्वारा मेरिङदेन कोभिड अस्थाई अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं । मिसन हिमालय काठमाडौले मेरिङदेन कोभिड–१९ अस्थायी अस्पताललाई १ लाख १० हजार मूल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर मेसिन र स्वास्थ्य सामाग्री प्रदान गरेको छ । उत्तm सामाग्री संस्थाको स्थानीय प्रतिनिधि दावा शेर्पा मार्फत प्रदान गरिएको हो ।
दुर्गम स्थानमा अक्सिजनको ब्यावस्थापन गर्न कठिन हुने भएकोले कोभिडको बिरामी सँगसगै अन्य बिरनामीको उपचारमा सहज होस भन्ने उदेश्यले सहयोग गरिएको संस्थाका संस्थापक बिभुति चन्न ठाकुरले बताए ।

पनौती नगरपालिका काभ्रेमा, ईको होम तथा फर्म अर्फ़नेज होम संचालन गरि विगत १० वर्षदेखि अनाथ तथा असहाय बालबालिकाहरुको संरक्षण गर्दै आइरहेको संस्थाले नेपालको दुर्गम जिल्लाहरुमा आँखा तथा स्वास्थ्य शिविरहरुको संचालन, सामुदायिक स्वास्थ्य चौकी तथा अस्पतालहरुको निर्माण र संचालन गरि जनतालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको संस्थाक एवम् सञ्चालक चारु चन्द ठाकुर जानकारी दिए ।

भूकम्प पश्चातको राहत वितरण, महिला स्वास्थ्य स्वयम्सेविका तालिम प्रदान, भूकम्पले क्षति पुर्याएको बिद्यालयहरुमा, कम्प्युटर ल्याब र कक्षा कोठाहरु निर्माण गर्दै आइरहेको छ । कोरोनासँग लड्न विभिन्न जिल्लाहरुको स्थानीय सरकारहरु र अस्पतालहरुलाई स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने क्रमसँगै मेरिङदेनलाई पनि सहयोग गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्