बेतिनी सीमसारमा २२ लाख खर्चेर निर्माण गरिएको पोखरीको वाल दुई सातामै भत्कियो, छानबिन गर्न माग

काठ्माडौं / उर्लाबारी–२ स्थित वेतिनी सामुदायिक वनभित्र बनाइएको स्वीमिङ पुलको वाल निर्माण सम्पन्न भएको दुई सातामै भत्किएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम इकाई सलकपुर, मोरङको १९ लाख २३ हजार ७७ रुपैयाँ र स्थानीय समूहबाट ३ लाख ७१ हजार ११६ रुपैयाँ गरी २२ लाख ९४ हजार १९४ रुपैयाँको लागतमा निर्माण गरिएको पोखरीको वाल भत्किएको हो ।

करिब २२ मिटर वाल भत्किएको र पोखरीको पानी खोलिएको गएको स्थानिय सक्षम भण्डारीले बताए । प्राविधिक स्टिमेटअनुसार वन समूहले नै निर्माण गरेको पोखरीको संरचना योजना पास भएको दुई साता नबित्दै भत्किएपछि स्थानीयले निर्माण कार्यमा आशंका गरेका छन् । के, कस्तो कारण यस्तो भएको भन्ने विषयमा छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने स्थानीय सक्षम भण्डारीले बताए ।लगातारको वर्षा र माटोको लोभरलोड भएर वाल भत्किएको सीमसार व्यवस्थापन समितिले जनाएको छ । स्थानीयवासीले जनताको करबाट निर्माण गरिएको संरचनमा लापारबाही भएको भन्दै छानबिन गर्न माग राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्