मिक्वाखोला सहयोग समितिद्धारा कोभिड-१९ राहत वितरण समारोह सम्पन्न (फोटो फिचर )

काठमाडौं । मिक्वाखोला सहयोग समिति काठमाडौंले वडा दशैंको अवसरमा शुभकामना आदानप्रदान तथा कोभिड १९ राहत वितरण समारोह सम्पन्न गरेको छ । सहयोग समितिले काठमाडौंको स्काई जोन पार्टी प्यालेस धुम्बाराहीमा एक कार्यक्रमकाबीच शुभकामना आदानप्रदान तथा राहत वितरण समारोह सम्पन्न गरेको हो । विशेष गरि ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाँउपालिकामा स्थाई घर भई काठमाडौंमा आई अध्ययन गर्ने विद्यार्थी सहित दैनिक ज्याला मजदुरी गरी परिवार चलाउने २७ घर परिवारलाई राहत वितरण गरिएको हो । प्रतिपरिवार झण्डै ३ हजार रुपैयाँ बराबरको राहत प्याकेज हस्तान्तरण गरिएको छ ।

समारोहमा समितिका अध्यक्ष हरि थलङले विश्वमहामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि विगतमा नेपाल सरकारबाट लागु गरिएको निषेधाज्ञाको कारण दैनिक ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने सर्वसाधारणलाई परेको असरलाई मध्यनजर गर्दै राहत वितरण गरिएको बताउनुभयो । कार्यक्रममा अध्यक्ष थलङले कोरोनाको जोखिम अझ पनि उतिकै रहेकोले सबैलाई सुरक्षित रहन अपिल गर्दै यो कार्यक्रम राहत वितरण मात्र नभई शुभकामना आदानप्रदान पनि भएकोले राहतको पोका बोकेर जानुको सट्टा तत्काल राहत कार्ड वितरण गरिएको र केही दिन भित्र नै सस्थाले सम्बन्धित ब्यक्तिको घर – घरमा राहत पुर्याईदिने बताउनुभयो । साथै यो एउटा नयाँ अभ्यास भएको भन्दै अध्यक्ष थलङले आगामी दिनहरुमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य तथा सहयोग समितिका सल्लाहकार पासाङ शेर्पाले मिक्वाखोला सहयोग समितिले स्थापनाकालदेखि नै उदाहरणीय कार्य गर्दै आएको र आगामी दिनमा पनि यस्तै उदाहरणिय कार्य गर्दे जाने विश्वास व्यक्त गर्नुहुँदै आफ्नो तर्फबाट राम्रो कामको लागि जतिबेला पनि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा पूर्व प्रतिनिधि सभा सदस्य तथा सहयोग समितिका सल्लाकार ओम प्रसाद ओझा , प्रदेश सभा सदस्य होम कुमारी साँबा , नेकपा एकिकृत समाजवादी पार्टी ताप्लेजुङका अध्यक्ष छिरिङ शेर्पा, ताप्लेजुङ् सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँबा , ताप्लेजुङ समाज नेपालका अध्यक्ष डम्बर बहादुर तुम्बाहाङ्फे लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961