ताप्लेजुङ समाज नेपालले चासोक तङनाम मनाउँदै

काठमाडौं । ताप्लेजुङ समाज नेपालले चासोक तङनाम मनाउने भएको छ । ताप्लेजुङमा बसोवास गर्ने विभिन्न जाति विशेष भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज तथा मौलिक चाडपर्वहरूलाई अनन्तकालसम्म कायम राख्न र प्रर्वद्धन गर्ने उद्देश्य अनुरूप यस पटक ताप्लेजुङ समाजले लिम्बू समुदायमा विशेष रूपले मनाइने उँद्यौली पर्व (चासोक तङनाम २०७८ ) मनाउने भएको हो । 

चासोक तङनाम आगामी पौष १० गते शनिबारका दिन काठमाडौँको धुम्बाराही स्थित एस.आर. पार्टी प्यालेसमा परम्परागत संस्कृतिको प्रस्तुति सहित मनाउने समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाम्फे जानकारी दिएका छन् । 

फाइल तस्वीर

साथै उनले ताप्लेजुङ समाज–नेपाल ताप्लेजुङ जिल्लावासीको सर्वोपरि हितलाई ध्यानमा राखी, काठमाडौँमा स्थाई वा अस्थाई बसोवास गर्ने जिल्लावासीको मुख्य साझा संस्था रहेको कुरा अवगत गराउन पाउदा खुसी लागेको पनि बताए । समाजले उक्त कार्यक्रममा उपस्थित भई मौलिक चाडपर्वको प्रर्वद्धनमा सहयोग पुर्याउन समेत आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस्