एकीकृत समाजवादी निकट अनेम संघ र अनेरास्ववियु जिल्ला कमिटी गठन

बि.पि. साम्याङखाम

ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को निकट संगठनहरू अखिल नेपाल महिला (अनेम) संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला कमिटी गठन गरेको छ । नेकपा एसका केन्द्रिय सदस्य अंबिकाराज भण्डारीको प्रमुख आतिथ्यमा जिल्ला भेला मार्फत उक्त कमिटी गठन गरिएको हो । 

अखिल नेपाल महिला(अनेम) संघको अध्यक्षमा निता सिवा उपाध्यक्षमा मन कुमारी खवास र दिलमाया शेर्पा, सचिवमा नन्दमाया खवास, उप सचिवमा तेन्जी शेर्पा साथै शारदा लिम्बू कोषाध्यक्ष रहेको ५१ सदस्यीय अनेम संघ जिल्ला कमिटी चयन भएको छ । 

त्यसैगरी शनिबार नै गठन भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा सुर्य बराइली, उपाध्यक्षमा बिशेश्वर सामेखाम र गोपाल गुरागाईँ, सचिवमा तुलसी भट्टराई, उपसचिवमा अजय तुम्बाहाङफे, कुमार तामाङ, श्रृति थलङ र सुसिला तमुको कोषाध्यक्ष रहेको ७१ सदस्यीय अनेरास्ववियु जिल्ला कमिटी चयन भएको छ ।

नेकपा एस केन्द्रीय प्रदेश सदस्य शम्भु गौतम, जिल्ला अध्यक्ष छिरिङ शेर्पासहितको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो । कार्यक्रममा वक्ताहरु मध्येका कुमार सिवाले एमाले परित्याग गरेर एकीकृत समाजवादी पार्टी खोल्नुपर्ने कारण र पार्टीको आगामी नीति तथा कार्ययोजनाबारे चर्चा गर्नुभएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्