२९९ केन्द्रीय सदस्यको नाम प्रचण्डको हातमा, हलबाटै पदाधिकारी समेत घोषणा गर्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशन हलबाटै घोषणा गर्ने भएको छ । त्यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गर्नुका साथै निर्वाचन कार्यतालिका संशोधन गरेको छ ।

शनिबार साँझ तेस्रो पटक सुचारु भएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका लागि सहमति जुटेको भन्दै आइतबार १ सम्मका लागि बन्दसत्र स्थगित गर्न गरेको प्रस्ताव हलले अनुमोदन गरेको थियो । माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यका अनुसार केन्द्रीय कमिटीका लागि भूगोल सात र एक विशेष प्रदेश गरी आठवटै प्रदेशबाट केन्द्रीय कमिटी सदस्यका लागि क्लस्टर अनुसारका नाम सिफारिस भैसकेका छन् ।

‘सबै प्रदेशबाट नाम आइसकेपछि केन्द्रीय कमिटी सदस्यको आकार बनिसक्यो,अव निर्वाचनमा जानुपर्ने अवस्था देखिएन’, ती सदस्यले भने, ‘नाम आइसकेपछि अव त्यसलाई प्रक्रिया पुर्‍याएर घोषणा गर्ने मात्र हो ।’ केन्द्रीय कमिटीमा सहमति जुटेकाले माओवादीले केन्द्रीय पदाधिकारी पनि हलबाटै घोषणा गर्ने गरी तयारी गरेको बुझिएको छ । यसअघि हलबाट २९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेर केन्द्रीय कमिटीले केही दिनपछि पदाधिकारी चयन गर्ने कि भन्ने माओवादीमा छलफल भएको थियो । तर यति धेरै प्रक्रिया भइसकेपछि हलबाटै पदाधिकारी समेत घोषणा गर्दा राम्रो सन्देश जाने भएकाले सोही अनुसारको तयारीमा शीर्ष नेता लागेको बुझिएको छ ।

‘केन्द्रीय पदाधिकारी पनि हलबाटै घोषणा गर्दा राम्रो सन्देश जान्छ । त्यसो गर्न केही गृहकार्य गर्नुपर्ने नै हुन्छ । त्यो गृहकार्य गर्न र सहमति जुटाउन भोलिसम्मका लागि बन्दसत्र स्थगित गरिएको हो’, अर्का स्थायी समिति सदस्यले भने, ‘आइतबार बिहान ११ बजेसम्म केन्द्रीय पदाधिकारीका लागि सहमति जुटाउने र १ बजे सुरु हुने बन्दसत्रमा केन्द्रीय कमिटीको नाम पहिला घोषणा गर्ने त्यसपछि पदाधिकारी घोषणा गर्ने तयारी छ ।’

नेकपा माओवादीले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ गरी १५ सदस्यीय पदाधिकारी रहने विधान पारित गरेको छ । त्यस्तै कुल केन्द्रीय कमिटी सदस्यमध्ये ५० प्रतिशत खुल्ला र ५० प्रतिशत समावेशी बनाउने गरी निर्वाचित गर्ने व्यवस्था गरेको छ । जसमा खुलातर्फ १४५ जना हुने छन् । भने समानुपातिकतर्फ सबै क्लस्टर मिलाएर १५४ जना निर्वाचित हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961