काँग्रेस संस्थापन इतर पक्षले कम्युनिष्टलाई भोट नहाल्ने

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर समूहले शनिबार विराटनगरमा विचार गोष्ठी आयोजना गरेको छ । कार्यक्रमलाई काँग्रेस नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु चन्द्र भण्डारी, मिनेन्द्र रिजाल लगायतले सम्बोधन गरेका थिए ।

गएको २४–२८ मंसिरमा सम्पन्न काँग्रेसको १४औं महाधिवेशनमा डा.शेखर सभापतिका उम्मेद्वार थिए । कोइरालाको प्यानलबाट गुरुङले उपसभापति र थापाले महामन्त्री जितेका थिए । चन्द्र भण्डारी उपसभापतिमा र रिजाल महामन्त्रीमा पराजित भएका थिए । तिनै नेताहरुको भेला गरेर डा।शेखरले संस्थापन इतर सक्रिय रहेको सन्देश दिएका छन् ।

यो गोष्ठीबाट सभापति शेरबहादुर देउवाका निम्ति चुनौती सिर्जना हुने अभिव्यक्ति दिएका छन् । कोइरालाले सत्ता गठबन्धन सँगै चुनावमा जान नसक्ने बताए । “संविधानलाई बिस्थापित गर्ने कोशिस भएपछि यो गठबन्धन बनेको हो” डा।शेखरले भने, “काँग्रेस जिल्ला जिल्लामा नेताहरु एक्लै लड्नुपर्छ । काँग्रेस भएर कम्युनिष्टलाई भोट हाल्ने होइन ।” स्थानीय तह, प्रदेश र संघको चुनाव काँग्रेसले एक्लै लड्ने पनि डा।शेखरले बताए ।


प्रतिक्रिया दिनुहोस्