संसद अवरोध गर्दै लिए एमालेका सांसदहरुले तलब भत्तामा बापत ३४ करोड

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा हटाउनुपर्ने र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित १४ सांसद पदमुक्त गर्नुपर्ने मागसहित नेकपा एमालेले लगातार संघीय संसद् अवरोध गर्दै आएको छ । संसद अवरोधमा एमालेले आफ्नै रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाउँदै लगेको छ ।

२०४८ सालदेखि संसदीय अभ्यासमा रहेको एमालेले २०५७ सालमा लगातार ५७ दिन प्रतिनिधिसभा अवरोध गरेको थियो । तर यसपटक एमालेले संसद अवरोध गरेको झण्डै ६ महिना पुग्न लागेको छ । गएको २३ भदौदेखि संघीय संसद अवरोध गरिरहेको छ ।

राष्ट्रिय चासोका एजेण्डाहरु संसदमा पेश हुँदा पनि एमालेले अगाडि बढाउन दिएको छैन । तर एमाले अवरोधकै बीच सरकारले चालु आर्थिक वर्षका निम्ति संशोधित बजेट पारित गरेको छ भने १५ फागुनमा एमसीसी अनुमोदन गरेको छ ।

तर एमाले भने सर्वदलीय बैठकमा समेत बस्न अनिच्छुक छ । सरकारले बोलाउने वार्ता अस्वीकार गर्दै आएको छ । प्रमुख एजेण्डा नै संसद अवरोध रहेको एमाले सांसदहरुको तलब भत्तामा भने ३४ करोड रुपैयाँ खर्च भइसकेको छ ।

गत साउनदेखि फागुनसम्म सांसदको तलब भत्तामा मात्रै १५ करोड १० लाख र सांसदको स्वकीय कर्मचारीको तलबमा १० करोड २८ लाख खर्च भएको संसद् सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्