साउदीमा नेपाल वायुसेवा निगमको सातामा तीन व्यावसायिक उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने भएको छ ।

साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको सँगै ठूलो संख्यामा नेपाली कामदार रहेको साउदी अरबमा नेपाली ध्वजाबाहक जहाजको उडान सहज भएको हो ।

साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन ९जेएसिए० ले आइतबार नेवानिलाई आइतबार उडानको अनुमति दिएको हो । जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ ।

यसैबीच नेवानिले आइतबार विज्ञप्ति जारी गरी काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्