पछिल्लो २४ घण्टामा थप ५१ मा कोरोना पुष्टि, मृत्यु शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२ जना र एन्टिजन परिक्षण गर्दा ३९ जना गरि जम्मा ५१ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुने दर ९८।४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा मृतकको संख्या शून्य रहेको छ । हाल सक्रिय सङ्क्रमितको संख्या ३ हजार ९९६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ९१४ जनाले कोरोना परिक्षण गरेका छन् भने २९ हजार ३९० जनाले खोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्